किन नेपालबाट पाम आयाल लैजान चाहँदैन भारत ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 18, 2021 | 02:36:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालबाट भारतमा सबैभन्दा धेरै निर्यात हुने बस्तु हो पाम आयाल । तर, भारतले पटक पटक नेपालबाट पाम आयाल खरिदमा आनाकानी गर्दै आएको छ । गत आर्थिक वर्षमा पनि भारतले आयात रोकेपछि तत्कालिन उद्योग राज्यमन्त्री (हाल प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार) मोतिलाल दुगड आफैँ भारत पुगेर अवरोधको गाँठो फुकाउन लागी परेका थिए ।

तर, त्यतिबेला दीर्घकालिन नभई अल्पकालिन रुपमा मात्रै समस्या सुल्झियो र अहिले भारतले फेरि पाम आयालको आयातमा प्रतिबन्ध लगायो । भारतले पटक पटक नेपालबाट पाम आयाल खरिदमा प्रतिबन्ध लगाउनाले नेपालको ब्यापार घाटा चुँलिदो छ । ब्यापार घाटा क मगर्न निकै ठूलो भूमीका निर्वाह गरेको पाम आयालको निर्यात नै रोकिएपछि नेपालमा स्थापित पाम उद्योगहरु मर्कामा परेका छन् ।

भारत के चाहन्छ ?

नेपाली अर्थतन्त्र उकासिएको देख्न नचाहाने भारतले नेपालको उत्पादन खरिदमा आनाकानी गर्दै आएको छ । यसअघि पनि २ पटक पामको आयात रोकेको भारतले इण्डोनेसियाबाट आफैँ पाम खरिदको योजना बनाउँदै छ ।

‘पाम भनेको नेपालमा पनि बन्ने, पाइने चीज होइन, नेपालले पनि क्यानेडा र इण्डोनेसियाबाट खरिद गरेर ल्याएर यहाँ प्रशोधन गरेर बिक्रि गर्ने हो । त्यही भएर किन नेपाल हुँदै ल्याउने, भारत आफैँले सिँधै किन्न किन नहुने भनेर त्यहाँका व्यापारीले सरकारलाई दबाब दिँदै आएका रहेछन्’ पाम निकासीका सम्बन्धमा भारतका अधिकारी सँगको छलफल सुनाउँदै स्रोतले भन्यो, ‘हामीले कि हाम्रो उत्पादनमा खराबी छ भनेर प्रमाणित गर, होइन भने विश्व बजारमा सबैभन्दा धेरै पाम चाहिने तपाईहरुको देश भारत नै हो । नेपालसँगको तपाईहरुको अरु व्यापार नहेरी पाम आयाललाई मात्रै हेरेर किन्दिन भन्न पाउनुहुन्न भनेर आएका थियौँ, त्यसपछि राम्रैसँग सामान गईराखेको थियो । अहिले फेरि समस्या आएको गुनासो छ ।’

पोहोर नै भनेको थियो, ‘मलेसियाबाट न किन्नु’

गत वर्ष भारतले पामको आयात रोक्दा नेपालसँग शर्त तेर्स्याएको खुलेको छ । नेपालले मलेसियाबाट खरिद गरेको पाम आयाल प्रशोधन गरेर बिक्रि गरेको भन्दै भारतले मलेसियाबाट नभई अन्य देशबाट खरिद गरेको पाम मात्रै किन्ने योजना सुनाएको थियो । यसमा नेपालले सहमति नजाएपछि भारत बाध्य भएर खरिद गर्दै आएको थियो । तर, हाल आएर पुनः बिना पूर्व जानकारी आयातमा प्रतिबन्ध लगाएको छ ।

त्यति मात्रै नभई नेपालमा पाम उद्योग नै छैनन् भन्दै गलत प्रचारसमेत भारतमा हुने गरेको छ । 

कति हुन्छ निर्यात ?

नेपालबाट भारतमा निर्यात हुने बस्तुको पहिलो नम्बरमा पाम आयाल पर्दै आएको थियो । गत वर्ष नेपालले १८ अर्ब ३१ करोडको पाम आयल भारतलाई बेचेको थियो । वीरगञ्ज भन्सारबाट मात्रै ११ अर्ब ७२ करोडको १ लाख ६० हजार मेट्रिक टन पाम भारतमा बिक्रि भएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved