६ महिनामा साढे ६ खर्ब बढी समान आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 21, 2021 | 01:34:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनाको अवधिमा करिव ७ खर्ब बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ६ खर्ब ६१ अर्ब २४ करोड बढीको विदेशी वस्तुको आयात भएको हो । 

गत आवको सोही अवधिको तुलनामा ४ प्रतिशत कम वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरको आयात भएको थियो । 

विभागको तथ्यांक अनुसार ६ महिनाको अवधिमा ६ अर्ब ७९ करोड बराबरको निर्यात भएको छ । गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा बृद्धि भएको छ । गत आवमा सोही अबधिमा ५ अर्ब ७२ करोड बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।  

विभागको तथ्यांक अनुसार ६ महिनामा ७ खर्ब २२ अर्ब ४४ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले ६ खर्ब ४६ अर्ब  घाटा बेहोरेको छ । अघिल्लो आबको यसै अबधिको तुलनामा ५ दशमलव ८० प्रतिशतले गिरावट हो । गत आवको सोही अबधिमा ७  खर्ब ५१ अर्ब ९७ करोड बराबरको वैदेशिक व्यापार हुँदा ६ खर्ब ३७ अर्ब ४१ करोड बराबरको व्यापार घाटा भएको थियो । 

चालु आवको ६ महिनाको तुलनामा पुस महिनामा मत्र १ खर्ब ३६ अर्ब बराबरको वस्तु आयात भएको छ । हालसम्म विभागले १ खर्ब ८७ अर्ब राजस्व संकलन गरिसकेको छ । यो वर्ष विभागले ४ खर्ब ४० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved