भन्सारमा एकद्धार प्रणाली लागु, अन्तराष्ट्रिय व्यापार व्यवस्थित हुने विश्वास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2021 | 05:01:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अन्तराष्ट्रिय व्यापारलाई चुस्त र व्यवस्थित गर्न एकद्धार प्रणाली लागु गरेको छ । मंगलबार ६९ औँ भन्सार दिवसको अवसर पारेर अर्थमन्त्री विष्णु पौडेलले एकद्धार प्रणालीको सुभारम्भ गरेका हुन् । 

लामो समय अध्ययन गरिएको उक्त प्रणाली मंगलबारबाट लागु भएसगैँ नेपालको भन्सार प्रशासन अन्तराष्ट्रिय स्तरको हुने भन्सार विभागले जनाएको छ । विभागका अनुसार अब अन्तराष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै काम एकै प्रणली र सूचना एकैपटक एउटै बिन्दूबाट प्रस्तुत गर्न सकिनेछ । 

विभागले व्यापारसँग जोडिएका सरकारी तथा निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने जनाएको छ ।

आजबाट खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गरेपनि  चरणवद्ध रूपमा विस्तार गरिने भन्सार विभागले जनाएको छ । विभागका अनुसार एकद्वार प्रणाली सुरू भएपछि तीन वटै विभाग र त्यसअन्तर्गतका कार्यालयमा डिजिटल प्रणालीको सुरुवात हुनेछ ।

यसअघि भन्सार कार्यालयमा जानुपर्ने बाध्यता रहेकोमा अब अनलाईनबाटै  भन्सारका सम्पूर्ण कामहरु गर्न सकिनेछ । सबै काम अनलाईनबाट हुने भएपछि कागजी काम बन्द हुनेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved