सरकारसँग भएको चिनी सकिन लाग्दा निजि व्यवसायीले मूल्य बढाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2021 | 12:29:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लागेको छ । दशैँ तिरालाई लक्षित गर्दै ल्याएको २० हजार मेट्रिक टन चिनी सकिन लागेको कर्पाेरेशनले जनाएको हो । 

हाल कर्पाेरेशनसँग एक हजार टन मात्र चिनी मौज्दात रहेको कम्पनीका सूचना अधिकारी कुमारराज भण्डारी बताउँछन् । उनका अनुसार मौज्दात सकिन लागेपछि पछिल्लो केही दिनयता होलसेल बिक्री बन्द गरेर खुद्रा बिक्री मात्र गरिएको छ । 

‘हामीसँग थोरै परिमाणमा मात्र चिनी मौज्दात रहेको छ । होलसेललाई बिक्री गरियो भने हामीसँग मौज्दात भएको चिनीले एक दिनपनि पुग्दैन, नयाँ चिनी नआउँदासम्म खुद्रा बिक्रीमात्र गर्ने तयारी गरेका छौँ’, उनले भने । 

चिनीको मौज्दात कम भएपछि हाल दैनिक एक जनालाई खुद्रा रुपमा ५ किलोसम्म चिनी बिक्री वितरण गरिएको उनी बताउँछन् । ‘हाम्रा सबै आउटलेटबाट एक जनालाई ५ किलोमात्र दिन्छौँ, हामीसँग मौज्दात रहेको चिनी २ महिनालाई पुर्याउने अनुमान छ’, उनले भने ।

सरकारले दशैँ अगाडी समेत कर्पाेरेशनले माग गर्दा समेत समयमा नै खरिदको अनुमित दिईएको थिएन् । कर्पाेरेशनले ५० हजार मेट्रिक टनको अनुमति मागेकोमा २० हजार टनको मात्र अनुमति दिईएको थियो । यसैगरी कर्पाेरेशनसगैँ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० हजार टन आयातको अनुमति दिएको थियो । तर कम्पनीले तीन पटक बोलपत्र आह्वान गर्दा कुनै पनि कम्पनीको निवेदन नपरेपछि खरिद प्रक्रिया नै रद्द गरेको थियो । 

कर्पाेरेशनले दशैँ अगाडी नै थप ३० हजार टन चिनी आयातको अनुमति माग गरेको थियो । उद्योग हुँदै उक्त प्रक्रिया अर्थ मन्त्रालयमा गएर रोकिएको छ । सरकारले कर्पाेरेशन र खाद्य कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा चिनी आयातको अनुमति दिने गरेको छ । 

कर्पाेरेशनले अनुमति मागेको पाँच महिना हुँदा थप चिनी खरिदको अनुमति नपाउँदा निजी क्षेत्रका व्यवसायीहरुले चिनीको मूल्य बढाउँन थालेका छन् । सरकारी कम्पनीको मौज्दात सकिन लागेको मौकामा चिनी व्यापारिहरुले मूल्य बढाउन सुरु गरिसकेको पाइएको छ । 

कर्पाेरेशनले हाल प्रतिकिलो ७७ रुपैयाँ पचास पैसामा चिनी बिक्री गर्दै आएको छ । निजी क्षेत्रका व्यवसायीहरुले भने प्रतिकिलो ९० रुपैयाँभन्दा बढीमा चिनी बिक्री वितरण गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved