सरकारी चेकको भुक्तानी अवधि घट्यो, अब कति दिन कायम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2021 | 09:09:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सरकारी चेकको भुक्तानीको अवधि घटाएको छ । आज सोमबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली सार्वजनिक गर्दै अर्थ मन्त्रालयले सरकारी चेकको भुक्तानीको अवधि घटाएको हो ।

जस अनुसार अब सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएका चेकको भुक्तानी अवधि १५ दिनको मात्र हुनेछ । बैंकले उक्त अवधि नाघेको चेकको भुक्तानी दिनु नहुने ब्यबस्था नियमावलीले गरेको छ । यस अघि सरकारी कोषबाट भुक्तानीको निमित्त खिचिएको चेकको भुक्तानी अवधि तीस दिनको हुने ब्यबस्था थियो । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved