६१ हजार करदाताको अभिलेख बायोमेट्रिक प्रणालीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 02:03:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पहिलोपटक करदातालाई बायोमेट्रिक प्रणालीमा आवद्ध गरी विवरण राख्ने व्यवस्था लागु गरेको छ । आन्तरिक राजश्व विभागले पहिलो चरणमा गत साउनबाट मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता भएका करदातालाई बायोमेट्रिक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । 

विभागको तथ्यांक अनुसार चालु आबको ६ महिनामा ६१ हजार २ सय करदाताले बायोमेट्रिक विवरण अद्यावधिक गरिसकेका छन् । भ्याटमा दर्ता भएका सबै करदातालाई चालु आर्थिक वर्षभित्र नै बायोमेट्रिक विवरण अद्यावधिक गरिसक्ने विभागले आग्रह गर्दै आएको छ । 

विभागका सूचना अधिकारी अर्जुन ढकाल कर प्रशासनलाई पारदर्शी बनाउन पहिलो चरणमा भ्याटमा दर्ता भएका करदाताहरुको बायोमेट्रिक विवरण अद्यावधिक गरिएको बताउँछन् । ‘हामी चालु आबमा भ्याटमा दर्ता भएका सबै करदाताको विवरण अद्यावधिक गरिसक्छौँ, त्यसपछि स्थायी लेखा नम्बर लिएका पुराना करदाताको विवरण अध्यावधिक र बायोमेट्रिक दर्ताको काम गर्छौ,’ उनले भने ।

विभागको तथ्यांक अनुसार चालु आबको ६ महिना (साउनबाट पुस मसान्तसम्म) एक लाख ३० हजार २ सय ४२ जनाले संस्थागत र दुई लाख ६१ हजार २ सय ८९ जनाले व्यक्तिगत प्यान लिइसकेका छन् । यसैगरी, ६ महिनामा २३ हजार ९ सय ८९ करदाता भ्याटमा दर्ता भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved