निजी र साझेदारी फर्म दर्ता अब जिल्लाबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2021 | 03:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट हुँदै आएको निजी तथा साझेदारी फर्म दर्ता अब जिल्लाबाटै हुने भएको छ । सुरुवाती चरणमा आगामी फागुन १ गतेबाट बागमती प्रदेश अन्तरगतका जिल्लाहरुमा उक्त कार्य हुने विभागले जनाएको छ । 

फागुन १ गतेदेखि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालय अन्र्तगतका जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूबाट निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्यहुने विभागका प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । 

उनका अनुसार ‘वाणिज्य प्रशासन सम्बन्धी कार्य जिम्मेवारी हस्तान्तरण अवधारणा पत्र तथा कार्ययोजना, २०७७’ को गत १७ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको हो । उक्त स्वीकृति पछि प्रदेश सरकारलाई विभिन्न कार्ययोजना हस्तान्तरणको तयारी भएको उनी बताउँछन् । 

विभागले निकासी पैठारी व्यापार बाहेकका प्राइभेट तथा साझेदारी फर्म दर्ता तथा नियमनको कार्य अन्य प्रदेशहरुमा समेत प्रदेश कानून तर्जुमा भए पश्चात क्रमश हस्तान्तरण गर्ने जनाएको छ । 

पूराना फर्महरुको नवीकरण, संशोधन र खारेजी सम्बन्धी कार्य भने सम्बन्धीत प्रदेशमा हस्तान्तरण नभएसम्म विभागबाट नै सञ्चालन हुनेछ । 

बागमती प्रदेश अन्तरगतका घरेलु तथा साना उद्योग कार्यालयहरुमा दर्ता भई सञ्चालनमा रहेका वैदेदिशक व्यापारमुलक (निकासी, पैठारीसँग सम्बन्धी) फर्महरुको सक्कल फाइल सहित २०७८ असारमसान्तभित्र विभागमा हस्तान्तरण भई विभागबाट नै नियमन हुने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved