अन्नपूर्ण तेल उद्योगले घटायो तेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2021 | 05:43:18 PM मा प्रकाशित

laxmi  sunrise bank

खाने तेलको मूल्य बढाएर कारवाहीमा परेको बारामा सञ्चालित अन्नपूर्ण भेजिटेवल प्रालिले तेलको मूल्य घटाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार उक्त उद्योगमा माघ २१ गतेबाट बढाएको मूल्य घटाएको जानकारी आएको जनाएको छ । 

विभागका बजार अनुगमन शाखाका निर्देशक सागर मिश्रका अनुसार करिव २ हजार २ सयमा प्रति काटुन तेल बिक्री गरेको उक्त उद्योगले मूल्य घटाएर हाल एक हजार ९४० मा झारेको बताउँछन् । 

पछिल्लो समय खाने तेलको मूल्यमा बृद्धि भएको गुनासोपछि अनुगमनका क्रममा गल्ती प्रमाणीत भएपछि विभागले गत माघ ६ गते बारामा सञ्चालीत दुई तेल उद्योग अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालि लाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही स्वरुप तीन/तीन लाख जरिवाना गरेको थियो । 

कारवाही गर्दा १५ दिनभित्र बजारमा पठाएको सबै तेल र्फिता ल्याएर नयाँ मूल्य सूचि बनाएर बिक्री गर्नुपर्ने र त्यसको जानकारी विभागमा गाराउन निर्देशन दिईएको थियो । उक्त निर्देशन अुनसार अन्नपूर्णले मूल्य घटाएको प्रमाण सहित विभागमा जानकारी गराएको उनी बताउँछन् । 

दुई तेल उद्योगमध्ये महालक्ष्मीले मूल्य घटाएको जानकारी नगराएको उनी बताउँछन् । ‘एकै व्यक्ति सञ्चालक रहेको उक्त दुई तेल उद्योगमध्ये अन्नपूर्णले मात्र मूल्य घटायो, महालक्ष्मीले घटाएको छैन, हामीले मूल्य बटाए नघटाएको अनुगमन गरिरहेका छौँ, घटाएको नपाए थप कारवाही हुन्छ’, उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved