बन्द भएको २० दिनपछि खुल्यो तातोपानी नाका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2021 | 01:13:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल मर्मतका लागि बन्द भएको तातोपानी नाका बीस दिनपछि खुला भएको छ । गत माघ ८ गतेबाट बन्द भएको नाका मंगलबारबाट सञ्चालनमा आएको हो । 

बन्द भएको नाका खुला भएपछि दुईदेशीय व्यापार पुनः सुरु भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार चिनीयाँ पक्षले तोकेकै समयमा पुल मर्मतको काम सकेपछि नाका खुला भएको हो । नाका खुलेकै दिन चीनबाट ६ वटा कन्टेनरमा सामग्री नेपाल आउने क्रममा रहेको उनी बताउँछन् । 

लामो समयसम्म बन्द रहेको नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अबरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्रीहरु भित्रने गरेको व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved