अधिकांश राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 02:43:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले उच्च प्राथमिकतामा राखेको राष्ट्रिय गौरवका आयोजनाको वित्तीय प्रगति निराशाजनक देखिएको छ ।  गत वर्षको तुलनामा यस वर्ष पनि गौरवका अधिकाशं आयोजनाको खर्च अवस्था निराशाजनक देखिएको हो । मन्त्रालयले सार्वजनिक गरेको गत ६ महिनाको तथ्यांक अनुसार २५ आयोजनाहरूमा विनियोजन गरिएको रकमको १५.१९ प्रतिशतमात्र खर्च भएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरूमा ९२ अर्ब ६ करोड २३ लाख रकम विनियोजन गरेको थियो । जसमा हालसम्म १३ अर्ब ९८ करोड ८५ लाख मात्र खर्च भएको छ । 

२५ वटा आयोजना मध्येमा हालसम्म पश्चीम सेती जलविद्युत आयोजनाको काम सुरु हुन सकेको छैन् भने बुढीगण्डकी जलविद्युत आयोजनाको प्रगति एक प्रतिशत मात्र रहेको छ । उक्त आयोजना अन्तरगत चालु आर्थिक वर्षका लागि ८ अर्ब ८४ लाख बजेट विनियोजन भएकोमा हालसम्म १ अर्ब ८ करोड ५२ लाख बजेत खर्च भएको छ भने आयोजनाको भौतिक प्रगति एक प्रतिशत मात्र रहेको छ ।  

भौतिक प्रगतिमा मेलम्ची अगाडी 

अर्थ मन्त्रालयले सार्वजनिक गरेको ६ महिनाको तथ्यांक अनुसार ५० प्रतिशतभन्दा माथिको भौतिक प्रगति गर्ने आयोजना मेलम्ची खानेपानी आयोजना मात्र रहेको छ । अन्य २२ आयोजनाको भौतिक प्रगति ५० प्रतिशत भन्दा कम रहेको छ ।  

मेलम्ची खानेपानी आयोजना अन्तरगत ५ अर्ब ४६ करोड ४५ लाख बजेट विनियोजन भएकोमा हालसम्म ५८ करोड १९ लाख वित्तीय प्रगति भएको छ । 

उक्त आयोजना अन्तरगत हालसम्म ७० प्रतिशत डेलवक्र्स निर्माण सम्पन्न भएको छ भने शुरुङको ग्राउटिङ र रक बोल्ट जडानको काम भैरहेको छ । ६ महिनामा समग्र आयोजना अन्तरगत ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved