सीएनआईको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु, हरेक वर्ष हजार उद्योग खोल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 10:40:26 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघ (सीएनआई)ले स्वदेशी उत्पादनको उपभोग र उपयोगलाई बढावा दिने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ ।फागनु ७ गते शुक्रबार राजधानीमा एक कार्यक्रम गरि अभियानको घोषणा गरेको हो । 

परिसंघका अध्यक्ष सतिश कुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको  माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । नेपाल सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन यस अभियानले थप सहयोग गर्ने विश्वास अध्यक्ष मोरले व्यक्त गरे ।

‘मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकुल अवस्थामा छ । सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयासरत् छौं । तैपनि कतिपय उद्योग व्यवसाय बन्द भएका छन्र कतिपय उद्योग ५० प्रतिशत क्षमतामा संचालन भइरहकेका छन्,’ उनले भने‘यस्तो परिस्थितिमा स्वेदशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यका साथ सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको हो ।’

उनले यस ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको मुख्य लक्ष्य हरेक वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुल गार्हस्थ उत्पादन (जीडीपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउने रहेको बताए ।

‘मेक इन नेपाल–स्वदेशी’ को नारा ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved