२ अर्ब लगानीमा राष्ट्रिय खाद्य बैक खुल्यो, आईपिओ मार्फत सर्बसाधारणलाई शेयर

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 23, 2021 | 12:53:59 PM मा प्रकाशित

sarbottam cement

 नेपालमा राष्ट्रिय खाद्य बैक लिमिटेड स्थपना भएको छ । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान” भन्ने नारासाथ २ अर्बको लगानीमा बैंक  स्थापना भएकोे हो । 

बैंकले नयाँ वानेश्वरमा तयार गरेको केन्द्रिय कार्यालयको  चैत्र १५ गतेसम्म र प्रदेश कार्यालयहरुको २०७८ वैशाख भित्र उद्घाटन गर्ने भएको छ। हालसम्म ४९१ जना प्रमोटर शेयर सदस्य रहेको बैकले त्यसलाई अझै विस्तार गर्दै केहीबर्ष भित्रै साधारण शेयर (आइपिओ) समेत जारी गर्ने लक्ष्य लिएको छ । 

 दुई अर्ब लगानीमा स्थापना भएको बैकले क्रमश उत्पादन बढाउँदै, व्यवसाय विस्तार गर्दै अघाडी बढ्ने लक्ष्य लिएको छ ।  कृषि क्षेत्रमा ठुलो लगानी, रोजगारी बढाएर उत्पादनमा वृद्धि गर्ने, कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, राज्यको “सम्मृद्ध नेपाल, सुखी नेपाली”को अभियानलाई सहयोग गर्ने, क्रमश अग्रानिक उत्पादनलाई जोड दिने, कृषि क्षेत्रमा आवश्यक ज्ञान, सिप, विउ, विजन, मलजलको समुचित व्यवस्थापन गर्ने गरी दक्ष जनशक्ति, विशेषज्ञ वैज्ञानिक लगायतको सहभागितामा यो बैक अगाडी बढेको जनाईएको छ । बैंक आफैले खाधन्न, गेडागुडी, हरियो तरकारी, फलफुल, दहि दुध, माछा मासु, चिया, जडिवुटी लगायतको उत्पादनको कार्य गर्ने र कृषि क्षेत्रको आवश्यक अध्ययन, अनुसन्धानको पनि कार्य गर्ने जनाएको छ। 

 देशैभरका किसानहरुसँग सहकार्य गरी गर्ने उदेश्य लिएको बैकले कृषि कम्पनीहरु, कृषि सहकारीहरु, कषि समुहहरु, कृषिसँग सम्बन्धी अन्य संघसस्थाहरुसँग पनि सहकार्य गरी कार्य अघि बढाउने लक्ष्य लिएको छ ।  बैकले सरकारी खाली जग्गाहरु, सामुदायिक वनका खाली जग्गाहरु, गुठीका जग्गाहरु, व्यक्तिका जग्गाहरु लिजमा लिएर उत्पादनको कार्य अघि बढाउने उल्लेख गरेको छ ।

बैंकले हालसम्म कैलाली, कञ्चनपुर, वर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, बुटवल, पोखरा, रौतहट, बारा, लम्जुङ, पर्सा लगायतका जिल्लाहरुमा जग्गा लिजमा लिने र उत्पादन सुरु गर्ने कार्य अघि बढाइसकेको छ । ती जिल्लाहरुमा जग्गा लिजमा लिने गृहकार्य अन्तिम चरणामा पुगेको बैंकले जनाएको छ ।

हालसम्म बैकले वर्दिया जिल्लाको गुलेरीया नपा ३ खैरी लगायत वर्दिया जिल्ला विभिन्न ठाउँमा २०० विघा जग्गा लिजमा लिइसकेको छ । त्यसैगरी झापा, मोरग, सुनसरी जिल्लामा १०४१ विघा र लमजुङमा ५० रोपनी जग्गा लिजमा लिने सहमती भएको र औपचारिक हस्ताक्षर हुन बाँकी रहेको बैंकले जनाएको छ । पहिलो चरणमा धान, गहुँ, कोदो, मकै, आलु, तोरी, गेडागुडी, लगायतको उत्पादनलाई बैंकले प्राथमिकता दिएको छ । दोश्रो चरणमा माछा–मासु, फलफुल, दुध, तरकारी आदि उत्पादनलाई जोड दिने उल्लेख छ। खासगरी पाइलट प्रोजेक्टको रुपमा हरेक प्रदेश र जिल्लाहरुलाई कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा विकसित गदै किसानलाई नै अधिकतम कृषि उत्पादनमा सरिक गराउने, उनीहरुले गरेका उत्पादनको बजार सुनिश्चित गर्ने कार्य बैंकले गर्ने जनाएको छ। 

बैंकमा धान विज्ञ डा भोलामान सिंह बस्नेत, कृषि वैज्ञानिक खड्गभक्त पौडेल, वनस्पती वीज्ञ प्राडा चन्द्र प्रकास पोखरेल, गहूँ विशेषज्ञ डा मदन भट्ट, पशुपक्षीं विज्ञ डा बल बहादुर चन्द, कृषि विज्ञ शिव यन्दो लगायतका विज्ञहरुको सहभागीता छ।  बैकमा १५० जना भन्दा बढी कृषि, पोषण, वनस्पतीसँग सम्बन्धी अध्ययन गरेका व्यक्तिहरु संस्थापकको रुपमा रहेका छन् । साथै २०० जना कृषि प्राविधिकहरु पनि बैकमा संग्लन छन् ।

 बैकले गुणस्तरयुक्त खाद्य सामग्रीहरुलाई सुरक्षित भण्डारण गरी बैंक मार्फत आफनै सेल्स डिपो र होम डेलिभरीहरु इ–कर्मश मार्फत विक्रि वितरण गर्ने उदेश्य समेत बनाएको छ । कृषि पेशालाई मर्यादित, सम्मानित बनाएर राष्ट्रिय उत्पादन बढाउने, देशलाई आत्मनिर्भर बनाउने कार्यलाई यो बैकले अभियानको रुपमा अघि बढाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved