कर छलीका मोबाइल प्रहरीले उठाएपछि ताम्राकार कम्प्लेक्सका व्यवसायीले भने, ‘बद्नाम गराउने काम भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 06:22:45 PM मा प्रकाशित

laxmi  sunrise bank

महानगरीय प्रहरी वृत जनसेवाले न्यूरोडस्थित ताम्राकार कम्प्लेक्स र सोही स्थानबाट कर छलि गरेको ५० लाखको मोबाइल नियन्त्रणमा लिएपछि व्यवसायीहरुले आपत्ति जनाएका छन् । मोबाइल व्यवसायी संघ (ताम्राकार कम्प्लेक्स) ले पत्रकार सम्मेलन गरेरै कम्प्लेक्सका व्यवसायीहरुको पसलबाट प्रहरीले मोबाइलहरु उठाएर लगेको भन्दै आपत्ति जनाउँदै व्यवसायीलाई बदनाम गर्ने काम भएको आरोप लगाएको छ । 

संघ ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले ताम्राकार कम्प्लेक्स भित्र सञ्चालनमा रहेका मोबाइल व्यवसायीहरुको पसलमा प्रवेश गरेर प्रहरीले सामाग्रीहरु उठाएर लगेको आरोप लगाएका छन् । 

‘पसलमा कार्यरत कर्मचारीहरुलाई समेत पक्राउ गरेर थुन्ने काम गरिएको छ’ उनी भन्छन्, ‘मर्यादित रुपमा व्यवसाय गर्न पाउने अधिकार सुनिश्चित नभए हामी व्यवसाय बन्द गरेर आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

ग्राहकहरुले मर्मतका लागि ल्याएर छाडेका मोबाइलसमेत प्रहरीले उठाएकाले अहिले मोबाइल लिन आउने ग्राहकलाई दिन नसकिएको गुनासो पनि गरेका छन् । उनले ग्राहकको मोबाइलमा भएको डाटा र अन्य व्यक्तिगत जानकारीको जिम्मेवारी प्रहरी प्रशासन हुनुपर्ने पनि बताएका छन् । 

वाणिज्य विभाग वा राजस्व विभागले मात्र अनुगमन गर्न पाउने स्पष्ट व्यवस्था हुँदाहुँदै प्रहरीले व्यवसायीहरुलाई तर्साउने काम गरेको अध्यक्ष साउदको भनाई छ । उनले जतिसक्दो चाँडो जनसेवा प्रहरीले पसलबाट लगेका मोबाइल सेटहरु फिर्ता गरी क्षतिपुर्तिसमेत दिनुपर्ने बताए ।

प्रहरीले कर छलि गरेर ल्याईएका भन्दै ५० लाख बराबरका १७७ थान मोबाइल र ७ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३ जना मोबाइल पसलका सञ्चालक र ४ जना विभिन्न पसलमा म्यानेजरको रुपमा काम गर्ने कर्मचारी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved