अर्थका सहसचिवहरुको हेरफेर, प्रवक्तामा सुमन दाहाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2021 | 06:39:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालयमा तानिएका छन् । विभागको महानिर्देशकका रुपमा मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका यमलाल भुसाललाई पठाइएको छ ।

भन्सार विभागको महानिर्देशक रहेका दाहाललाई अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा तानिएको हो । उनले अर्थ मन्त्रालयलको प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् । 

राजस्व अनुसन्धान विभागका महानिर्देश दीर्घराज मैनाली पनि मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा तानिएका छन् । मन्त्रालयका प्रवक्तासमेत रहेका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. रामप्रसाद घिमिरे मन्त्रालयकै आर्थिक नीति विश्लेषण महाशाखामा पठाईएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved