राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन चैत ७ मा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 10:26:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन चैत ७ गते हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने छन् । 

उद्घाटनको भोलिपल्ट अर्थात् चैत ८ गते हुने निर्वाचनले महासंघको आगामी नेतृत्वसमेत चयन गर्नेछ । कोरोनाका कारण थलिएका देशभरका सबै खाले साना तथा मझौला उद्योगी व्यवसायीहरुको हितका अझ बढी खटेर काम गर्नुपर्ने समय आएकाले यो महाविधेशन विशेष महत्वको हुने अध्यक्ष नरेश कटुवालले बताए । 

‘कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ’ अध्यक्षद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved