११३ स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड बजेट निकासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 03:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि बजेट निकासा गरेको छ । वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको तिर्न बाँकी रकम तिर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा अर्थले १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा स्वीकृत गरेको हो । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माणाधिन भवनहरुको दायित्व भुक्तानीका लागि रकम निकासा गर्न स्वीकृत प्रदान गरेका हुन् । स्थानीय तहका सबै वडाहरुबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीति अनुसार २ हजार ६ सय २६ वटा वडामा स्वास्थ्य संस्थाहरु बनिरहेका छन् । 

चालू आर्थिक वर्षमा स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि ४ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएकोमध्ये २ अर्ब ६९ करोड २८ लाख ५८ हजार रुपैयाँ यसअघि नै निकासा भइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved