सार्क च्याम्बर महिला उद्यमी परिषद्को 'NIGHT BAZAR'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2021 | 04:56:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालले ‘नाइट बजार’ कार्यक्रम उद्घाटन तथा सम्पन्न गरेको छ । सार्क उद्योग तथा वाणिज्य परिषद्को संरक्षणमा रहेर सन् २००१, मार्च २९ मा गठन भएको सार्क च्याम्बर महिला उद्यमी परिषद्ले कोरोनाका कारण रोकिएको नाइट बजार कार्यक्रम शनिबार सम्पन्न गरेको हो । 

सार्क च्याम्बर महिला उद्यमी परिषद् नेपालकी उपाध्यक्ष सरोजिनी शेर्चनको नेतृत्वमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा धेरै कार्यक्रमहरू सम्पन्न हुँदै आइरहेका छन् । वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै ,सबै कोभिड-१९ भाइरसको साथ बाँच्न आवश्यक छ भन्ने विश्वासका साथ, परिषद्ले सो कार्यक्रम आयोजना गरेको हो। 

सामाजिक दुरी कायम राख्नका निम्ति, बजार २२ वटा स्टालहरुमा सीमित राखिएको थियो । बजारको उद्घाटन नेसनल लाइफ इन्सुरेन्सकि अध्यक्ष तथा परिषद्कीकि सल्लाहकार प्रेमा राज्यलक्ष्मी सिंहले गरेकी थिइन् । 

बजारमा, श्रीजना राणा (होटल संघ नेपाल, अध्यक्ष तथा परिषद्की सल्लाहकार), छाया शर्मा (संसद सदस्य तथा परिषद्की सल्लाहकार), भवानी राणा (नेपाल उद्योग वाणिज्य महासंघ, निवर्तमान अध्यक्ष) बन्दना राणा (परिषद्की उपाध्यक्ष), हिमाली अर्नुअतिलका (श्रीलंकाकि राजदूत), इसला वीराकून (सार्ककि महासचिव), रीता सिम्हा (FWEAN , अध्यक्ष) र सीमा गोल्छा (ZONTA, अध्यक्ष), लगायत विभिन्न महिला उद्धमिहरुको उपस्थिति रहेको थियो । 

बजारको उद्देश्य नेपालमा बनाइएका उत्पादनहरूको प्रदर्शन गर्ने, आफ्नै देशमा उपलब्ध गुणस्तरीय उत्पादनहरूको महत्व झल्काउने, स्थानीय उत्पादनहरूलाई प्रोत्साहित र प्रवर्द्धन गर्ने, मानिसहरुको सोच परिवर्तन गर्ने लगायत थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved