प्रधानमन्त्रीले भने, ‘बबलगम ल्याएर बेच्नुभन्दा आवश्यक बस्तु यही उत्पादन गरौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 06:28:51 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि अति आवश्यक बस्तु तथा सेवा स्वदेशमै उत्पादन गर्नु सक्कली राष्ट्रवाद भएको बताएका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) को पहलमा सुरु भएको ‘मेक इन नेपालः स्वदेशी’ अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले मूलुकका लागि अत्यावश्यक बस्तुको उत्पादन मूलुकभित्रै गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

‘कमिजको टाँक फुस्किएको हुन्छ, राष्ट्रवादले त जोडिदैंन,’ प्रधानमन्त्रीले भने, ‘सियो चाहिन्छ । यहाँ बन्दैन, बाहिरबाट ल्याउनुपर्छ । धागो नेपालको भएन भने बाहिरबाट ल्याउनुपर्छ ।’

इनर्जी ड्रिंक्स र बबलगम चुइगम जस्ता वस्तुहरू आवश्यक नभएको भन्दै यस्ता अनावश्यक विदेशी वस्तु ल्याएर उपभोक्ताको आदत नबिगार्न व्यवसायीलाई सुझाव पनि दिए । त्यस्ता वस्तुको सट्टा देश भित्र आवश्यक वस्तुको उत्पादन गरेर रोजगारी सिर्जना र मूलुकलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न अनुरोध गर्दै प्रधानमन्त्रीले  यसका लागि सरकार नीजि क्षेत्रसँग सहकार्य गर्ने बचनसमेत दिए । 

उनले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सहयोग पुग्ने गरी  ‘मेक इन नेपालः स्वदेशी’ अभियान सुरु भएको भन्दै धन्यवाद पनि दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved