निर्माण व्यवसायी महासंघद्वारा श्रीलंकाका राजदुतसँग भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2021 | 05:54:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले नेपालका लागि श्रीलंकाका राजदुत हिमाली अरुणा तिलकासँग भेट गरेको छ । भेटमा नेपाली प्रतिनिधि मण्डलले नेपाली निर्माण उद्योगको पछिल्लो अवस्था र निर्माण प्रविधिबारे जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले नेपाली निर्माण क्षेत्रका ऐन कानूनका सम्बन्धमा पनि राजदूत तिलकालाई जानकारी गराएको छ । श्रीलंकाबाट नेपालमा हेभिइक्यिुप्मेन्ट निर्यात भएको खण्डमा दुई देशबीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विषयमा समेत भेटमा छलफल भएको छ । 

भेटमा राजदूत तिलकाले नेपाली निर्माण व्यवसायहरूसँग मिलेर काम गर्न श्रीलंकाका निर्माण व्यवसायीहरू इच्छुक रहेको जानकारी गराएका छन् । दुई देशबीचको निर्माण व्यवसायका विविध पक्षबारे जानकारी आदानप्रदान गर्न चाँडै वेबिनार गर्ने समेत राजदूत तिलकाले बताएका छन् । 

प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार ई. विरेन्द्रराज पाण्डे, महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी, प्रशासकिय अधिकृत शुवेक्षा सिंह लगायतको सहभागिता रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved