सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित, को को परे सूचीमा ?

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 02, 2021 | 11:44:11 AM मा प्रकाशित

sarbottam cement

आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई आन्तरिक राजश्व विभागले सम्मान गरेको छ । मंसिर ७ गते कर दिवसका दिन विभागले ठूला करदाताहरुलाई गर्दै आएको सम्मान यसवर्ष कोरोनाका कारण आयोजना हुन नसकेपछि राजश्व सचिव रामशरण पुडासैनीको उपस्थितिमा बिहिबार सम्मान गरेको हो । 

व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने बिजयकुमार शाह सम्मानित भएका छन् । रुस्सलान भोड्का, गोल्डेन वाक जस्ता रक्सी उत्पादन गर्ने हिमालयन डिस्टेलरी, जावलाखेल डिस्टेलरी, विजय डिस्टलेरी र एसियन डिस्टेलेरीका मालिक हुन् ।

संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने सुर्य नेपाल, रमिट्यान्सतर्फ आइएमई रेमिट्यान्स, निर्याततर्फ बहुराष्ट्र कम्पनी डाबर नेपाल, कृषि तथा पशुपन्छीतर्फ अन्नपुर्ण एग्रोभेट, बैंक तर्फ नबिल बैंक Nabil Bank Limited, बीमातर्फ नेपाल पूर्नबीमा कम्पनी Nepal Reinsurance Company, शिक्षणतर्फ मणिपाल मेडिकल कलेज, पर्यटनतर्फ तारागाउँ रिेजेन्सी सम्मानित भएका हुन् ।

मध्यस्तरीय करदातातर्फ कामना सेवा बिकास बैंक Kamana Sewa Bikas Bank Limited सम्मानित भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved