आवश्यकताका आधारमा नयाँ पेट्रोल पम्पको लाइसेन्स दिइन्छः मन्त्री भट्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 02:46:14 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आयल निगमसँग सम्बन्धित समस्याहरु प्राविधिक नभई नीतिगत रुपमा समाधान गरिने बताएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री भट्टले राष्ट्रिय पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसेको जानकारी दिए । 

आवश्यक छलफल गरी नीतिलाई अन्तिम रुप दिइने भन्दै उनले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्पको नयाँ इजाजत दिइने बताए । उनले पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई अनुरोध पनि गरे । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोण सरकारले फेर्नुपर्ने बताए । निजी क्षेत्रले नाफा मात्रै कमाउँछन् भन्ने मानसिकता बदल्नुपर्ने उनको भनाई छ । अनुगमनको नाममा उद्योगी व्यवसायीलाई सरकारले दुःख दिन नहुने अध्यक्ष गोल्छाको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved