चैत्र मसान्त भित्रै दोस्रो किस्ताको कर तिर्न सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 06, 2021 | 09:21:37 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापतक कर रकम दाखिला गर्न आग्रह गरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७७/७८ को आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत रकम मध्ये तिर्न बाँकि रकम चैत्र मसान्त भित्रै तिर्न आग्रह गरेको हो 

विभागले यस अघि पेश गरिएको अनुमानित आय विवरणमा संशोधन गर्नु पर्ने भएमा सो समेत  चैत्र मसान्त भित्रै दाखिला गर्न आग्रह गरेको छ । आयकर ऐन २०५८ को दफा ९४ को उपदफा १ मा भएको ब्यबस्था अनुसार विभागले कर रकम दाखिला गर्न आग्रह गरेको हो 

विभागले सम्बन्धित ठूला करदाता कार्यालय, मध्यम स्तरीय करदाता कार्यालय, आन्तरिक राजश्व  कार्यालय तथा करदाता सेवा कार्यालयमा कर रकम दाखिला गर्न आग्रह गरेको हो 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved