अर्थतन्त्रमा कोभिडको असर पर्न नदिने अर्थमन्त्री पौडेलको भनाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2021 | 09:04:18 AM मा प्रकाशित

laxmi  sunrise bank
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दोस्रो चरणको कोभिडको प्रभाव नेपाली अर्थतन्त्रमा पर्न नदिन सरकार क्रियाशील रहेको बताएका छन्। केही वर्ष देखी निरन्तर उकालो लागिरहेको नेपालको अर्थतन्त्रलाई कोभिड महामारीको संक्रमणले नराम्ररी धक्का दिएको उनले बताए ।

विश्व बैंकले प्रकाशन गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सीमित साधन, स्रोत तथा बढ्दो अनिश्चितताका बाबजुद आइलागेको समस्यालाई सबैको सहयोगबाट सरकारले राम्रोसँग व्यवस्थापन गर्न सक्दा अर्थतन्त्र पुनः विस्तारै आफ्नो लयमा फर्कंदै गएको बताएका हुन् । कोभिडको प्रभावले थलिएको अर्थतन्त्र उकास्ने र कोभिडको असर सम्बोधन गर्ने विषय प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याइने उनको भनाइ छ ।

भौतिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य सुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरिएको छ । पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताले कृषि उत्पादन पनि राम्रो हुने अनुमान गरेको छ । कोभिड–१९ पछिको पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुने विश्व बैंकको भनाइ छ ।

प्रतिवेदनअनुसार कोभिडपछिको पर्यटन बजारसँग सामञ्जस्य हुने गरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्ण रूपमा नहुन सक्छ । आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालु खाता घाटा घट्न गई कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.२ प्रतिशत पुग्ने अनुमान छ । राजस्व संकलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून रहेको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय घाटा बढाएर उक्त आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पु¥याउने प्रतिवेदनमा उल्लेख छ ।

नेपालको उपयोग गर्न सकिने सम्भावित निर्यात क्षमता ९.२ अर्ब अमेरिकी डलर अर्थात् करिब ११ खर्ब नेपाली रुपैयाँ बराबर अनुमान विश्व बैंकले गरेको छ ।  यो हाल भइरहेको वार्षिक निर्यात व्यापारको १२ गुणा बढी हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved