४६ लाखको तेल बोकेको ट्रक एक सातापछि फेला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2021 | 06:59:22 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति उद्योगको ४६ लाख रुपैयाँ बराबरको खाने तेल ढुवानीका लागि गएको ट्रक एक सातापछि बेवारिसे अवस्थामा फेला परेको छ । सुनसरीको दुहबीबाट चैत २४ गते स्याङ्जाको बालिङ्गको लागि खाने तेल बोकेर हिँडेको ट्रक बाटोबाटै हराएको थियो । उक्त ट्रक मंगलबार प्रहरीले धनुषाको ढल्केबरमा बेवारिसे अवस्थामा भेट्टाएको हो । 

सिरहाका प्रहरी प्रमुख एसपी सुदीप राजभण्डारीका अनुसार दुहबीबाट छुट्दा २२ सय कार्टुन तेल रहेकोमा अहिले केही काटुैन मात्रै बाँकी भेटिएको छ । पशुपति उद्योगका ‘हेलो सनफलाबर’ खानेतेल ४६ लाख बराबरको भएपनि ट्रक फेला पार्दा ट्रकमा केही कार्टुन मात्र तेल भेटिएको हो ।

तेल सिरहाको लहान, सुखीपुर, गोलबजारमा बिक्री भएको सूचना पाईएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । ट्रक चालक र सहयोगी फरार छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved