गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान, ‘विदेशी लगानी भित्र्याउन भूमीका खेल्नुहोस्’

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 14, 2021 | 09:17:01 PM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन आग्रह गरेका छन् । नेपालमा लगानीका लागि अहिले हालसम्मकै अनुकुल वातावरण तयार भएको दाबी गर्दै प्रधानमन्त्रीले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी भित्र्याउने काममा भूमीका खेल्न आग्रह गरेका हुन् । 

नयाँ वर्ष २०७८ का अवसरमा जुममार्फत विभिन्‍न देशमा रहेका नेपालीहरुलाई  सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा मजदुर र रोजगारदाता मिलेर समस्या सम्बोधन गर्छन्, बन्द र हड्ताल हुने अवस्था छैन भन्ने सन्देश तपाईहरुले आफू रहेको देशका लगानीकर्ताहरुलाई पुर्‍याइदिनुहोस् ।’

प्रधानमन्त्रीले गैर आवासीय नेपालीले राजनीतिक अधिकारबाहेक सबै हक अधिकार समान ढंगले पाउने बताउँदै उनले यदि विदेशमा रहेका नेपालीले विदेशको नागरिकता नलिएको भए नेपालमा राजनीतिक अधिकारसमेत पाइने स्पष्ट पारे । 

‘वर्तमान सरकार नेपाली डायस्पोराप्रति अत्यन्त प्रेम भाव र सहयोगी भाव राख्छ  र नेपाली हुनुको गौरव कायम रहोस् भन्ने चाहन्छ’ प्रधानमन्त्रीले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved