बिपी राजमार्गमा ट्रक चलाउन पाउने समय थप गर्न व्यवसायीको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 09:46:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुली ट्रक व्यवसायी संघले बिपी राजमार्गमा अपरान्ह ४ बजेपछि मालबाहक गाडी चल्न दिनुपर्ने माग गरेको छ । हाल राती मात्रै मालबाहक गाडी चल्न पाउने नियम संशोधन गर्दै अपरान्ह ४ बजेदेखि नै चल्न पाउने बनाउन माग गरेको हो । संघले आफ्नो चौथो वार्षिक साधारणसभाका अवसरमा बिपी राजमार्गमा राति मात्रै ट्रक चलाउन पाउने नियम संशोधन गर्न माग गरेको हो । 

राजमार्ग साँघुरो र घुमाउरो भएकाले दुर्घटनाको जोखिम हुने भन्दै विहान ५ बजेदेखि राति ९ बजेसम्म यात्रुबाहक सवारी साधन र राती ९ बजेपछि बिहान ५ बजेसम्म मालबाहक गाडी चलाउने नियम सरकारले बनाएको छ । राती मात्रै मालबाहक गाडी चलाउनुपर्दा दुर्घटनाको जोखिम झन् बढ्न सक्ने भन्दै संघका अध्यक्ष तारा दाहालले यो समय संशोधन गर्न माग गरेका हुन् । 

‘राजमार्गमा ४ बजेपछि सवारीको चाप नहुने भएकाले त्यसपछि ट्रक चल्न पाउनुपर्छ,’ उनले भने, ‘राति ९ बजेपछि मात्रै चल्ने निर्णय सरकारले सच्याउनुपर्छ।’ 

संघका पूर्वउपाध्यक्ष रोमबहादुर देवकोटोले बिपी राजमार्गको सिन्धुली–खुर्कोट–नेपालथोक खण्डमा राति मात्र ट्रक चलाउनु पर्ने नियमले व्यवसायीले सास्ती भोग्नु परेको गुनासो गरे । विहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै राजमार्गमा सवारीको चाप हुने भएकाले बाँकी समय ट्रक चालाउन पाउनुपर्ने बताए । 

संघको अधिवेशनले तारा दाहाल (दिपक) लाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा बिष्णु थापा, सचिवमा सूर्यबहादुर श्रेष्ठ र कोषाध्यक्षमा श्यामकुमार श्रेष्ठ चुनिएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved