५३ देशबाट नेपाल भित्रियो प्रत्यक्ष वैदेशिक लगानी, कुनबाट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 01:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७५÷७६ नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारत र चीनबाट आएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५÷७६ ले नेपालमा सबैभन्दा धेरै वैदेशिक लगानी भारत र चीनबाट आएको देखाएको हो ।

आर्थिक वर्ष २०७५÷७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७५÷७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई रु. १८२ अर्ब ९२ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूकोप्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् रु.५६ अर्ब ५ करोड र त्यसपछि क्रमशः चीनबाट रु.२७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट रु.२४ अर्ब ९४ करोड, आयरल्याण्डबाट रु.११ अर्ब ५९ करोड र सिङ्गापुरबाट रु.८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

 नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ । सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ । त्यसै गरी,औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved