नेपालको ब्यापार घाटा १० खर्ब नाघ्यो, भारतबाट मात्र ७ खर्ब बढिको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2021 | 05:04:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ९ औँ महिनासम्ममा नेपालको व्यापार घाटा १२.४९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोहि अवधिमा नेपालको ब्यापार घाटा ९ खर्ब ३ अर्ब ७१ करोड रहेकोमा चालु आर्थिक वर्षको ९ महिनासम्ममा ब्यापर घाटा बढेर १० खर्ब १६ अर्ब ६२ करोड पुगेको हो ।

आयातमा भएको उच्च वृद्धिका कारण ब्यापार घाटा बढेको हो । नेपालको वैदेशिक व्यापारमा गत वर्षको तुलनामा आयात र निर्यात दुवै तिर वृद्धि भएको छ । कोरोना महामारीको समयमा पनि वैदेशिक व्यापारको क्षेत्रमा भने असर नपुगेको देखिन्छ ।

भन्सार विभागका अनुसार नेपालमा आयातको मात्रा उच्च रुपमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले कुल ११ खर्ब ११ अर्ब ३९ करोड रूपैँया बराबरको आयात गरेको छ भने ९४ अर्ब ७६ करोड ७१ लाख रूपैयाँ बराबरको निर्यात गरेको छ । फागुन महिनासम्म कुल ९ खर्ब ४३ अर्ब ९८ करोड रूपैयाँ बराबरको आयात भएकोमा चैत महिनामा मात्र १ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको आयात गरेको छ । यो चालु आर्थिक वर्षमा एकै महिनामा भएको सबैभन्दा बढि आयात हो । 

नेपालको वैदेशिक व्यापारको अघिल्लो आ.व. को तुलनामा १३.६४ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो आ.व को यसै समयमा कुल वैदेशिक व्यापारको आकार १० खर्ब ६१ अर्ब ३५ करोड रहेकोमा १३.६४ प्रतिशतले वृद्धि भई १२ खर्ब ६ अर्ब १६ करोड पुगेकोे छ । नेपालको  वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.१४ प्रतिशत र निर्यातको हिस्सा ७.८६ प्रतिशत मात्र रहेको छ । 

छिमेकी मुलुक भारतबाट नेपालमा सबैभन्दा बढि आयात हुने तथ्याङ्कले देखाएको छ । ९ महिनाको अवधिमा नेपालमा भारतबाट ७ खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ  भने ६८ अर्ब ४३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । व्यापार घाटा भने ६ खर्ब ५६ अर्ब ५१ करोड रुपैयाँ देखिएको छ ।

त्यस्तै अर्को छिमेकी मुलुक चिन सँगको आयात १ खर्ब ६४ अर्ब १३ करोड रुपैयाँ बराबरको र निर्यात भने ६८ करोड बराबरको भएको विभागको तथ्याङमा उल्लेख छ । बङ्गलादेशबाट ४ अर्ब ८९ करोड बराबरको वस्तु आयात भएको  छ भने ४९ करोड ४४ लाख बराबरको निर्यात भएको छ । अमेरिकाबाट १३ अर्ब ५२ करोडको सामान आयात हुँदा १० अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अमेरिकासँग भने नेपालको कम व्यापार घाटा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved