कार्गो ढुवानीमा राजश्व छली, यती एयरलाइन्समा छापा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2021 | 11:35:52 AM मा प्रकाशित

laxmi  sunrise bank

हवाई कार्गोमार्फत् हुने सामान ढुवानीमा पनि राजश्व छली गरेको पाईएको छ । स्थल मार्गबाट हुने ढुवानीमा राजश्व छलीका प्रशस्त उदाहरण पाईए पनि हवाई कार्गोमार्फत हुने ढुवानीमा राजश्व छली भेटिएको यो पहिलो पटक हो ।

राजश्व अनुसन्धान विभाग र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बैशाख ४ र ६ गते यती एयरलाइन्सको हवाई कार्गोमा छापा हान्यो । छापा हानी राजश्व छलीका केही सामान बरामद भएपछि हवाई कार्गोमार्फत पनि राजश्व छली हुने गरेको भेटिएको हो ।

झापाको भद्रपूरबाट काठमाडौँ आएको यती एयरलाइन्सको हवाई कार्गोमा छापा मार्दा राजश्व छलीको आशंका लागेका सामान बरामद गरिएको राजश्व अनुसन्धान विभागका प्रवक्ता शिवलाल तिवारीले बताए । केही पोका लत्ताकपडाहरु बरामद गरिएको विभागले बताएको छ ।

‘सामान किन्ने मान्छे नक्कली हो कि भन्ने लागेर कपडाका केही पोकाहरु हामीले ल्याएका छौँ’ विभागका प्रवक्त भन्छन्, ‘सामान धनीको खोजी भईरहेको छ ।’

भिसिटिए छलेको खुलासा

विभागले सामान ढुवानी गर्दा ढुवानी हुने बस्तुको विवरण सूचना प्रणालीमार्फत पहिल्यै थाहा हुने व्यवस्था गरेको छ । मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटिए) लाई नै छलेर कार्गो ढुवानीमा राजश्व छली गरेको पाईएको हो ।

भिसिटिए प्रणालीमा राख्दा अमित इन्टरप्राइजेजको नाममा राखिएको र भद्रपूरबाट काठमाडौँ ल्याउँदा व्यक्तिको नाममा ल्याईएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ । 

सामान बाहिरबाट आएको जस्तो देखिएपनि प्रज्ञापनपत्र नहुँदा सामान कहाँबाट ल्याएको हो भन्ने खुलेको छैन । 

विभागले बरामद गरेका सामानमा गन्जी ११८ थान, लेडिज टप्स ७९१ थान, लेडिज कुर्ता ९८ थान र साडी ५५ थान छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved