यो वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशत रहने अनुमान, अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2021 | 07:41:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यो वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान गरेको छ ।  केन्द्रिय तथ्यांक विभागले आव २०७७/७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै  चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने संशोधित अनुमान गरेको हो ।

चालु आवको बजेटले आर्थिक वृद्धिदर ७ प्रतिशत हाराहारी रहने अनुमान गरेकोमा विभागले सो भन्दा कम दरको आर्थिक वृद्धि हाँसिल हुने प्रक्षेपण गरेको हो ।  विभागले चैत मसान्तसम्मको तथ्यांकका आधारमा यो अनुमान सार्वजनिक गरेको हो ।

विभागका अनुसार चालु आवमा प्राथमिक क्षेत्रको वृद्धिदर २.७५ प्रतिशत  र द्धितीय क्षेत्रको वृद्धिदर ४.९३ प्रतिशत रहने छ ।  प्राथमिक क्षेत्रमा कृषि, वन, मत्स्य, खानी तथा उत्खननजस्ता क्षेत्र पर्छन् भने  द्धितीय क्षेत्रमा उद्योग, विद्यूत, ग्याँस, पानी, आपूर्ति, निर्माणजस्ता क्षेत्र पर्छन् ।

सेवा क्षेत्र भने ४.४३ प्रतिशत बढ्ने विभागको अनुमान छ। सेवा क्षेत्रमा खुद्रा व्यापार, आवा तथा भोजन, यातायात, संचार, भण्डारण, वित्तीय मध्यस्थता, पेशागत तथा प्रशासनीक, व्यवसायिक सेवा, सार्वजनिक प्रशासन, रक्षा, स्वास्थ्य लगायत क्षेत्र पर्छन् ।

उपभोक्ता मूल्यमा नेपाली अर्थतन्त्रको आकार २०७७–७८ मा ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved