दश महिनामा १ खर्बको सामान निर्यात, आयात उच्च हुँदा ब्यापार घाटा ११ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 03:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा ३२.१९ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ । विभागले जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष ७७/७८ को साउन देखि वैशाखसम्म दश महिनाको अवधिमा १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबर निर्यात भएको हो ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४७ लाख बराबरको निर्यात भएको थियो ।

त्यस्तै यस चालु आर्थिक वर्षको दश महिनाको अवधिमा आयात पनि २२.३४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको आयात भएकोमा यस वर्षको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको वस्तु तथा सेवाको आयात भएको छ । 

तथ्याङ्कअनुसार यस दश महिनाको अवधिमा व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड बराबरको व्यापार घाटा भएको थियो भने चालु वर्षमा वृद्धि भई ११ खर्ब ७ अर्ब २० करोड २५ लाख पुगेको छ । 

त्यस्तै वैदेशिक व्यापारमा निर्यातको हिस्सा ७.९६ प्रतिशत रहेको छ जुन गत वर्षको भन्दा ७.४१ प्रतिशतले बढी हो भने आयातको हिस्सा ९२.०४ प्रतिशत रहेको छ जुन गत वर्षको भन्दा ०.५९ प्रतिशतले कमी हो । 

सबैभन्दा बढी भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोड बराबरको वस्तु तथा सेवाको आयात भएको छ । त्यसपछि चीनबाट १ खर्ब ८३ अर्ब १९ करोड बराबरको वस्तु तथा सेवाको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै निर्यात पनि सबैभन्दा बढी भारतमा नै भएको छ ।  भारतमा ७९ अर्ब ३२ करोड ७४ लाख बराबरको वस्तु तथा सेवाको निर्यात भएको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved