आर्थिक सर्वेक्षण भोलि, बजेट शनिबार ४ बजे, यस कारण ल्याइएन नीति तथा कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2021 | 11:16:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक सर्वेक्षण भोलि शुक्रबार दिउँसो २ बजे सार्वजनिक हुने भएको छ। मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। 

कोभिड १९ का कारण उक्त कार्यक्रम जुमबाट सार्वजनिक गर्ने र अर्थमा हुने कार्यक्रममा सिमित मिडिया तथा सरोकारवाला व्यक्तिहरुलाई मात्र प्रवेश दिने गरी तयारी गरिएको छ। अरु मिडियाले जुमबाट नै सूचना लिन सक्ने भएकाले टेलिभिजनवालाहरुलाई कार्यक्रममा प्रवेशको व्यवस्था गरिएको छ। 

त्यस्तै जेठ १५ गतेको बजेट भने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालय बाटै सार्वजनिक गर्नेछन्। बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ। 

प्रतिनिधिसभा विघटन भएकाले नयाँ संविधान आएपछि पहिलो पटक अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउन  लागेका हुन्। अध्यायदेश मार्फत बजेट ल्याउन लागिएकाले १५ दिन अघि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यस पटक नीति कार्यक्रम नल्याइएको अर्थ मन्त्रालयले जनाएको छ। 

बजेटको प्राथमिकतामा स्वास्थ्य र आर्थिक पुनरुत्थान रहेको बताइएको छ। कोभिड १९ का कारण सरकारले यस पटकको बजेटमा स्वास्थ्यलाई र कोभिड १९ का कारण थलिएको अर्थतन्त्र उकास्न तथा जनताको गास वास कपासको अधिकार सुनिस्चित गर्नलाई समेत आर्थिक पुनरुत्थान लाई प्राथमिकतामा राखेको बताइएको छ। 

त्यस्तै बजेटमा उद्योगी व्यवसायीलाई ब्याजदरमा दुई प्रतिशत छुट दिने तथा पुनर्कर्जाको सिलिंङ बढाउने कार्यक्रम समेत समावेश रहेको  बताइएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved