निजी डेरीलाई अत्यावश्यक सेवा सरहको ढुवानी प्रतीक चिह्न

रासस

रासस

Jun 18, 2021 | 07:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको डेरी उद्योगले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिह्न पाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डले पहिलो पटक काभ्रेको हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरलाई ढुवानी लोगो दिएको हो । 

यसअघि बोर्डले बुधबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का गाडीमा लोगो प्रयोग गर्न आधिकारिकता प्रदान गरेको थियो । बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादवले विभिन्न उद्योगबाट लोगो प्रयोगका लागि माग भएबमोजिम प्रक्रिया पु¥याएर लोगो वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा संस्थानलाई लोगो प्रयोगको अनुमति दिइएको हो । 

संस्थानपछि क्रमशः प्रक्रियासहित निवेदन आएका नीजि क्षेत्रका डेरी उद्योगहरुलाई मागका आधारमा लोगो हस्तान्तरण गर्दै जाने योजना रहेको जनाइएको छ । अब लोगो अङ्कित गाडी निषेधाज्ञा वा अन्य आपत्कालीन अवस्थामा पनि विना अवरोध नेपालभर आवतजावत गर्न पाउनेछन् ।

दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ बमोजिम बोर्डमा आएका निवेदनअनुसार परीक्षण गरी लोगो उपलब्ध गराइएको कार्यकारी निर्देशन यादवले जानकारी दिनुभयो ।

सरकारले दूध तथा दुग्धजन्य पदार्थको ढुवानीलाई अत्यावश्यक सेवामा राखेको र उक्त सवारी साधनलाई पहिचान खुल्ने गरी लोगो प्रदान गरिएको यादवले जानकारी दिनुभयो ।

यसअघि किसानको गोठमा उत्पादित दूधलाई सकेसम्म छिटो चिस्यान केन्द्रमा पु¥याउँदा चिस्यान कायम गर्नुपर्ने भएकाले दूधका गाडी देशभर आवातजावत गर्दा कोरोनाको निषेधाज्ञा र बन्द जस्ता कार्यक्रममा अवरोध हुने गरेको थियो । ढुवानीमा कुनै रोकावट भएमा दूधको तापक्रम कायम राख्न नसकिने र यसबाट दूधको गुणस्तरमा ह्रास हुने भएकाले बोर्डले लोगोको अवधारणा अगाडि सारेको थियो ।

गत चैत १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग हुने लोगो ९प्रतीक चिह्न०को सार्वजनिक अनावरण गर्नुभएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved