११ महिनामा १२ खर्ब ब्यापार घाटा, ३७ प्रतिशतले बढ्यो निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 09:19:36 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा ३७.७८ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ । विभागले जारी गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष ७७/७८ को साउन देखि जेठसम्म एघार महिनाको अवधिमा १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख रुपैयाँ बराबर निर्यात भएको हो ।

जुन गत वर्षको सोही अवधिको तुलनामा ३७.७८ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा ८८ अर्ब ३१ लाख बराबरको निर्यात भएको थियो ।

त्यस्तै, यस चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा आयात पनि २५.६७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा ११ खर्ब ८१ करोड ३४ लाख बराबरको आयात भएकोमा यस वर्षको सोही अवधिमा १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको वस्तु तथा सेवाको आयात भएको छ ।

तथ्याङ्कअनुसार यस एघार महिनाको अवधिमा व्यापार घाटा २४.४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा १० खर्ब १२ अर्ब ८१ करोड बराबरको व्यापार घाटा भएको थियो भने चालु वर्षमा वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख पुगेको छ ।

त्यस्तै, वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.०६ प्रतिशत रहेको छ जुन गत वर्षको भन्दा ८.८६ प्रतिशतले बढी हो भने आयातको हिस्सा ९१.९४ प्रतिशत रहेको छ जुन गत वर्षको भन्दा ०.७१ प्रतिशतले कमी हो । 

सबैभन्दा बढी भारतबाट ८ खर्ब ८६ अर्ब ५९ करोड ३१ लाख बराबरको वस्तु तथा सेवाको आयात भएको छ । त्यसपछि चीनबाट २ खर्ब १० अर्ब ५१ करोड ९८ लाख बराबरको वस्तु तथा सेवाको आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, निर्यात पनि सबैभन्दा बढी भारतमा नै भएको छ ।  भारतमा ९० अर्ब १९ करोड ४५ लाख बराबरको वस्तु तथा सेवाको निर्यात भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved