राजस्व संकलन सन्तोषजनक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 07:05:25 PM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठक सम्पन्न भएको छ । बैठकमा राजस्व अनुसन्धान विभागका उप–महानिर्देशक शिवलाल तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

राजस्व चुहावट जोखिमका क्षेत्रहरु, सूचना प्रविधिको प्रयोग बढेसँगै आर्थिक अपराधमा देखा पर्ने नयाँ खालका चुनौतीहरु र यी चुनौतीको सामना गर्न अपनाउनुपर्ने रणनीतिहरु तथा कोरोनाले राजस्व संकलनमा पारेका असरहरु समेटिएको कार्यपत्र उप–महानिर्देशक तिवारीले प्रस्तुत गरेका हुन् । उक्त कार्यपत्रमा राजस्व चुहावट नियन्त्रण समिति तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका निर्णयहरु र कार्यान्वयनको अवस्था पनि उल्लेख गरिएको छ । 

बैठकमा कोभिड–१९ को हालको विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहजीकरण गर्ने, राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने विषयमा छलफल भएको बताईएको छ । कोभिडको हालको अवस्थामा पनि राजस्व संकलन शन्तोषजनक रहेको बैठकमा बताईएको छ ।

राजस्व चुहावट नियन्त्रणको कामलाई प्रभावकारी बनाउन अन्तर निकाय समन्वयमा जोड दिने, जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने र राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने लगायतका विषयहरुमा निर्णय गर्दै बैठक सकिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved