सेयर मार्केट कम्प्लेक्सदेखि स्टार मलसम्मले तिरेनन् महानगरलाई कर (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2021 | 10:02:48 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाले कर तिर्न अटेर गर्ने करदातालाई कर तिर्न ताकेता गरेको छ । पटकपटक ताकेता गर्दा पनि कर दाखिला नगरेपछि महानगरले बुधबार सूचना नै जारी गरी २३ करदातालाई कर तिर्न भनेको हो ।

कर नतिर्नेमा अस्पताल, कम्प्लेक्स, मलदेखि सरकारी संस्थानसमेत रहेका छन् । सामाखुशीको कान्तिपूर डेण्टल हस्पिटलदेखि त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टर समेतले कर तिरेका छैनन् बसुन्धराको चिरायु हस्पिटलले पनि पटकपटक ताकेता गर्दा समेत कर नतिरेको महानगरको सूचनामा उल्लेख छ । 

कालिमाटीको काठमाडौँ इन्जिनियरिङ कलेज, पुतलीसडकको स्टार मल, पुतलीसडककै नेपाल सेयर मार्केट कम्प्लेक्स र कुलेश्वरको कृषि सामग्री संस्थानले पनि महानगरलाई बुझाउनुपर्ने कर तिरेका छैनन् । स्वयम्भूको मनमोहन मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र न्युरोडको आरबी कम्प्लेक्सले पनि कर तिर्न अटेर गरेको महागरले जनाएको छ ।

कालिमाटीको नेपाल क्षयरोग केन्द्र र नेपाल रेडक्रस सोसाईटीसहित त्रिपुरेश्वरस्थित एनआरटी क्लबले पनि कर दाखिला गरेका छैनन् ।

यस्तो छ कर नतिर्नेको सूचीः

No description available.

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved