१ वर्षपछि भारतले खोल्यो पाम तेलको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 06:00:28 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले ६ महिनाका लागि पाम आयालको आयात खोलेको छ । १ वर्षदेखि पाम तेलको आयात रोकेको भारतले ६ महिनाका लागि आयात खोलेको हो । 

भ्यालु एड कम भएको भन्दै नेपालबाट पाम तेलको आयात रोकेको भारतले आगामी डिसेम्बर ४ सम्मका लागि भने खुला गरेको हो । भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले एक सूचना जारी गर्दै पाम तेलको आयात खुला गरेको हो ।

भारतले गत वर्ष असारबाट पाम तेलको आयात रोक्दा नेपालबाट हुने बार्षिक २५ अर्बभन्दा बढीको निर्यात प्रभावित भएको थियो । 

नेपालका व्यवसायीहरुले भने आफूहरुसँग हाल स्टकको रुपमा पाम आयाल नरहेको बताएका छन् । मिति नै तोकेर सिमित अवधिको मात्रै भारतले आयात खोलेकाले यसमा लगानी गर्ने मनशायमा उद्योगी व्यवसायीहरु नरहेको पूर्वका व्यवसायीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved