पदबहालीको क्रममा अर्थमन्त्री शर्माको राजनीतिक भाषण : समस्या सुनाए, तर दिएनन् सुधारका उपाय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2021 | 01:50:56 PM मा प्रकाशित

laxmi  sunrise bank

देउवा नेतृत्त्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले पदभार गर्दै आफ्नो धारणा व्यक्त गरेका छन्। नयाँ अर्थमन्त्रीका रुपमा आएका शर्माले सम्बोधनको क्रममा पुरानै शैली र पुरानै कुरा दोहोर्याएका छन्। 

बिगतका अर्थमन्त्रीहरुले झैं नेपालको अर्थतन्त्रमा भएका समस्या केलाएपनि त्यसको समाधानलाई गर्नुपर्ने स्पष्ट योजना भने उनले सुनाउन सकेनन्। सम्बोधनको क्रममा कोभिडको १९ को महामारीले अर्थतन्त्र धरासायी भएको, ब्यापार घाटा बढेको, आर्थिक वृद्धिदर घटेको, कृषिमा जोड नपुगेको जस्ता समस्या औल्याएपनि यसको समाधानमा गर्नुपर्ने काम र आफुले लिने निर्णय बारे भने उनले केहि बोलेनन्। 

बिगत ६५ बर्षदेखि योजनाबद्द रुपमा काम गर्दै आएपनि नेपालको बिकास र सम्रिधि हुन नसकेको र जनताको अपेक्षा पुरा नभएको उनले बताए। तर विकास र समृद्धि हुनलाई गर्नुपर्ने काम र जनताका पुरा नभएका अपेक्षाबारे भने उनले केहि बोलेनन्। 

त्यस्तै कोभिडको महामारी निराकरण अहिलेको राष्ट्रिय आवश्यकता भएको उनले बताए। तर निराकरण गर्नलाई अर्थमन्त्रीका रुपमा आफुले गर्ने कामबारे भने उनले केहि बोलेनन्। 

आर्थिक समृद्धिका लागि बहुआयामिक काम गर्नुपर्ने बताएपनि के गर्ने र गर्नुपर्ने के हो भन्नेबारे उनले कुनै योजना सुनाएनन्। अहिले ८ प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने भएपनि ४ प्रतिशत मात्रै आर्थिक वृद्धि भएकाले धेरै काम गर्नुपर्ने उनले बताए। तर अर्थमन्त्रीका रुपमा ८ प्रतिशत आर्थिक वृद्धि गर्नलाई के के गर्नुपर्ने भन्नेबारे उनले केहि बोलेनन्। 

त्यस्तै उनले नेपालको ब्यापार घाटा अत्यधिक बढेको र यसका लागि बिशेष सुधारका कार्यक्रम गर्नुपर्ने उनले बताए। तर बिशेष सुधार अन्तर्गत के के पर्छन र बिशेष सुधार हुनलाई के के चाहिन्छ भन्नेबारे उनले केहि बोलेनन्। 

त्यस्तै कृषि क्षेत्रमा अहिलेसम्म पनि कुनै प्रगति नभएको र यसमा कृषिमा जोड र कृषकलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए। तर के कारणले कृषिमा प्रगति भएन र कृषकलाई प्रोत्साहित र उत्साहित बनाउन के गर्नुपर्छ भन्नेबारे उनले बोलेनन्। 

त्यस्तै अर्थमन्त्री शर्माले उद्योगले उत्पादनमा भनेजस्तो योगदान नगरेको उनले बोले। तर कुन उद्योगले कस्ता उत्पादन कति गर्दा भनेजस्तो हुन्थ्यो भन्नेबारे उनको सम्बोधनमा केहि आएन। 

त्यस्तै सम्बोधनका क्रममा उनले एक लाइन शब्द पुंजीबजारबारे बोलेका छन्। पुंजीबजारलाई उत्साहित बनाउन र लगानीको अवसर जुटाउन धेरै काम हुनुपर्ने उनले बताए। तर के गर्दा पुंजीबजारमा उत्साह थपिन्छ र लगानीको अवसर जुट्छ भन्नेबारे उनले केहि बोलेनन्। 

झन्डै आधार घण्टाको सम्बोधनको क्रममा अर्थमन्त्री शर्माले नेपालका विद्यमान समस्याहरुलाई छुने प्रयास गरे तर त्यसको ठोस समाधानमा उनको नेतृत्त्वको अर्थमन्त्रालयले के के गर्छ भन्नेबारे उनले केहि बोलेनन् र कुनै योजना सुनाउन सकेनन। बरु आफु अर्थसँग सम्बन्धित बिज्ञ नभएको र सामान्य मान्छे भएकाले आफुलाई धेरै कुरामा सघाउनलाई अर्थका कर्मचारी, गभर्नर, र अरु सरोकारवालाहरुसँग आग्रह गरे।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved