निषेधाज्ञा खुलेपछि मालपोतमा भिड, ४ दिनमै उठ्यो १ अर्ब ७२ करोड राजश्व

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2021 | 03:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

निषेधाज्ञापछि मालपोत कार्यालयमा भिड लाग्न सुरु भएको छ । झण्डै ५० दिनपछि मालपोत कार्यालय खुलेसँगै मालपोत कार्यालयमा सेवाग्राहीको भिड बढेको हो । असारमै घरजग्गा कारोबार लयमा फर्किन सुरु गरिसकेको छ ।

काठमाडौं उपत्यकामा बैशाख १६ देखि लागू भएको निषेधाज्ञा असार ८ देखि खुकुलो बनाईएको छ । लकडाउन खुलेसँगै काठमाडौँका ९ मालपोत कार्यालयमा सेवाग्राहीको भिड लागेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आइतबारदेखि बुधबारसम्म ४ दिनमा देशभरका १२६ मालपोतबाट १ अर्ब ७२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । 

आइतबार ३८ करोड ८० लाख रुपैयाँ राजश्व संकलन हुँदा सोमबार ३६ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएको छ । मंगलबार ४३ करोड ७५ लाख रुपैयाँ राजश्व संकलन भएको र बुधबार ५३ करोड २६ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved