नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मूलुकको अर्थतन्त्रका सम्बन्धमा श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले श्वेतपत्र ल्याउने घोषणा गरेका हुन् ।
‘अहिले देशको विद्यमान आर्थिक अवस्थाको विषयमा अध्ययन भइरहेको छ, अर्थतन्त्रको अवस्थाका विषयमा अध्ययन सकिएपछि श्वेतपत्र आउँछ’ अर्थमन्त्री शर्माले भने, ‘श्वेतपत्रमा अर्थतन्त्रको अहिलेको अवस्था र आगामी योजना समेटिन्छन् ।’
यसअघि डा. युवराज खतिवडाले पनि श्वेतपत्र ल्याएका थिए ।