बजेट खर्च ९३ प्रतिशत, राजश्व संकलन ९७ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 03:22:37 PM मा प्रकाशित

laxmi  sunrise bank

गत आर्थिक वर्ष २०७७/०७८ मा ९३ प्रतिशत बजेट खर्च भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थसचिव शिशिर कुमार ढुंगानाले आर्थिक वर्ष २०७७/०७८ मा ९३.२० प्रतिशत बजेट खर्च भएको जानकारी दिए । 

उनका अनुसार २०७७ साल जेठ १५ गते सार्वजनिक भएको कुल बजेट १४ खर्ब ७४ अर्बमध्ये अर्ध वार्षिक समिक्षामार्फत संशोधन गरेर १२ खर्ब ६६ अर्बमा सिमित गरिएको थियो । त्यसमध्ये असार मसान्तसम्म ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट खर्च भएको अर्थसचिव ढुंगानाको भनाई छ । यो रकम संशोधित बजेटको ९३.२० प्रतिशत हो । 

तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्ष २०७७/०७८ का लागि ३ खर्ब ५२ अर्ब पूँजिगत बजेट विनियोजन गरेकोमा समिक्षामार्फत पूँजीगत बजेट २ खर्ब ५१ अर्बमा झारिएको थियो । तर, २०७८ असार मसान्तसम्म २ खर्ब २८ अर्ब मात्रै खर्च भएको छ । यो रकम संशोधित विकास बजेटको ९०.८ प्रतिशत मात्रै हो ।

लक्ष्यको ९७ प्रतिशत राजश्व उठ्यो

अर्थसचिव ढुंगानाले राजश्व संकलन पनि लक्ष्य अनुसारकै भएको दाबी गरेका छन् । गत आर्थिक वर्षमा बजेटमार्फत १० खर्ब ११ अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा संशोधन गरेर ९ खर्ब ५९ अर्बमा सिमित गरिएको थियो । संशोधित लक्ष्यको ९७.८१ प्रतिशत राजश्व उठेको अर्थसचिव ढुंगानाको भनाई छ । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ९ खर्ब ३८ अर्ब राजश्व संकलन भएको छ । 

यसमा राजश्वकै स्वरुपमा संकलन भएको ४० अर्ब रुपैयाँ नजोडिएको उनले बताए । यो समेत जोड्दा ९ खर्ब ७८ अर्ब राजश्व संकलन भएको भन्न सकिने अर्थसचिव ढुंगानाको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved