६ प्रकारका व्यवसाय ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटाईए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2021 | 05:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

६ प्रकारका करदाता ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटेका छन् । निश्चित प्रतिशत कमिसन तोकिएका र एजेन्सी शैलीका व्यवसाय गर्ने ६ प्रकारका करदाता ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटेका हुन् । 

सुनचाँदी सहित बहुमूल्य धातुको कारोबार गर्ने क्षेत्र, पेट्रोलियम पदार्थ, चुरोटको डिलर, टेलिफोनको रिचार्ज कार्ड, अटोमोबाइल्सको स्थानीय बिक्रेता र ग्यास उद्योगलाई ठूला र मध्यमस्तरीय करदाताको सूचीबाट हटाईएको हो । यीनलाई अब आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र भित्र राखिएको छ ।

विभागका अनुसार अब यस्ता व्यवसायलाई ठूला र मध्यमस्तरीय करदाताका लागि लाग्ने कारोबार रकमको थ्रेसहोल्ड पनि नलाग्ने भएको छ । 

थ्रेसहोल्ड परिवर्तन 

ठूला र मध्यमस्तरीय करदाताको थ्रेसहोल्ड परिवर्तन भएको छ । परिवर्तित थ्रेसहोल्ड अनुसार १ अर्बभन्दा माथिको कारोबार गर्ने करदाता मात्रै ठूला करदाता कार्यालयअन्तर्गत पर्नेछन् । यसअघि ८० करोड माथिको कारोबार गर्ने कम्पनीहरु ठूला करदाता अन्तर्गत पर्ने गरेका थिए ।

मध्यमस्तरीय करदाता कार्यालय अन्तर्गत पर्ने करदाताको कारोबार रकम वार्षिक ४० देखि ८० करोडसम्म रहेकोमा अब त्यसलाई संशोधन गरी वार्षिक ५० देखि ९९ करोड बनाइएको छ ।

आन्तरिक राजस्व कार्यालयले भने अब ५० करोडसम्मको कारोबारको फाइल हेर्ने भएको छ । अयअघि ४० करोड सम्मको कारोबार मात्रै हेर्दै आएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved