अर्थमन्त्रीलाई पूर्व अर्थमन्त्रीहरुको सुझाव, ‘पूँजीबजारलाई स्वतन्त्र छोडौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 06:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आइतबार पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेका छन् । पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन र शंकर कोइरालासँग उनले छलफल गरेका हुन् ।  

छलफलमा पूर्व अर्थमन्त्री पाण्डेले पुँजीगत बजेट खर्च हुन नसक्नुका पछाडी के के कारण छन् भनेर गम्भीर अध्ययन आवश्यक रहेको बताएका छन् । विकास बजेट खर्च नहुनुमा विकासे मन्त्रालयहरूको मात्रै कमजोरी हो वा अर्थ मन्त्रालयको पनि कमजोरी छन् भनेर समीक्षा गर्नुपर्ने उनको भनाई छ । 

रोजगारी सृजनाका लागि व्यापार नभई उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न पनि उनले अर्थमन्त्री शर्मालाई सुझाव दिए । खर्च कटौतीमा पनि विशेष ध्यान दिनुपर्ने पाण्डेको भनाई छ । 

यसैबीच पूर्व अर्थमन्त्री वर्षमान पुनले उत्पादनमूलक उद्योगमा गरिने लगानीको स्रोत नखोज्ने नीति अवलम्बन गर्न सुझाव दिएका छन् । यसअघि जलविद्युत क्षेत्रमा हुने लगानीको स्रोत नखोज्ने नीतिले राम्रो रिजल्ट आएको दाबी गर्दै उनले उत्पादनमूलक उद्योगको क्षेत्रमा गरिने लगानीमा तत्काल स्रोत नखोज्ने नीति लिन सुझाए ।

राष्ट्रिय गौरवका आयोजनासहित प्राथमिकताका साथ हेर्नुपर्ने आयोजनाका लागि बजेट सुनिश्चित गर्दै कोभिड विरुद्दको खोप खरिदलाई पहिलो प्राथमिकतामा राख्न पनि अनुरोध गरेका छन् । उत्पादनमूलक क्षेत्रले राहत प्याकेज नपाए कोभिडबाट थलिएको उत्पादनमूलक क्षेत्र उठ्न नसक्ने भन्दै उनले यसका लागि पनि सोच्न आग्रह गरेका छन् । 

यस्तै पूर्व अर्थमन्त्री शंकर कोइरालाले अध्यादेशबाट आएको बजेट नै कार्यान्वयन गरेर जानुपर्ने अवस्था आए आर्थिक कार्यक्रमहरू समेटेर नीतिपत्र जारी गर्न सकिने सुझाव दिए । तत्काल अर्को बजेट ल्याउन असम्भव रहेकाले यो विकल्पमा सोच्न अर्थमन्त्री शर्मालाई सुझाव दिए ।

कृषि, जलस्रोत, पर्यटन र जडीबुटीजन्य उद्योगलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिँदै पूर्व अर्थमन्त्री कोइरालाले ४० लाख डिम्याट खाता खुलिसकेको पुँजी बजारको क्षेत्रलाई स्वतन्त्र छोड्न पनि अनुरोध गरे । 

अर्थमन्त्री शर्माले तत्कालका लागि सरकारको पहिलो प्राथमिकता कोरोना विरुद्दको खोप नै भएको बताए । उनले सुझावका लागि पूर्व अर्थमन्त्रीहरुलाई धन्यवाद पनि दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved