नेपालीले १ वर्षमा चपाए सवा अर्बको चुईगम, दाँत कोट्याउन किने डेढ करोडको सिन्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 29, 2021 | 02:10:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७७÷०७८ मा आयात घटेर निर्यात बढ्दा व्यापार केही कम भएको भनिएपनि मसिना मसिना सामानको आयात ह्वात्तै बढेको छ । क्रिम, काईयो, दात कोट्याउने सिन्का, दात माझ्ने मञ्जन, ब्रस लगायतका बस्तुको आयातमा विदेशीएको नेपाली पैसा अर्बौ छ ।

यति मात्रै होइन, कपडामा लगाउने टाँक मात्रै २ करोड बढीको आयात भएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको ‘नेपाल व्यापार सूचना पोर्टल’ का अनुसार साबुन त झन अर्ब बढीको आयात भएको छ । 

२०७७ साउन १ देखि २०७८ असार ३१ सम्मको तथ्यांक तयार भईनसकेको भएपनि मोटामोटी हिसाब सकिएको पोर्टलले जनाएको छ । जस अनुसार सुन्दा समान्य लाग्ने बस्तुको आयात गर्दा नेपालबाट बाहिरिएको मुद्राको तथ्यांक यसप्रकार छः

१) कपाल रंग्याउने (हेयर डे): ४५ करोड १० लाख

२) अनुहारमा लगाउने क्रिमः ७९ करोड ४३ लाख

३) स्याम्पूः १ अर्ब १९ करोड १४ लाख

४) कपाल कोर्ने काईयोः १४ करोड ६१ लाख

५) टाँकः २ करोड २९ लाख

६) दात कोट्याउने सिन्काः १ करोड ५७ लाख २९ हजार

७) दाँत माझ्ने ब्रसः ३१ करोड बढी

८) दाँत माझ्ने मञ्जनः ६९ करोड २३ लाख

९) साबुनः १ अर्ब ९६ लाख

१०) भुसुना मार्ने इलेक्ट्रिक मेशिन (सानो): २८ करोड

११) चुईगमः १ अर्ब १९ करोड

१२) तासः २८ करोड ६२ लाख

१३) सिन्के धूपः ५२ करोड 

१४) बच्चाको डाईपरः १ अर्ब ५३ करोड

यो असार ३१ सम्मको ‘फाइनल’ तथ्यांक नभएपनि भन्सार विभागको तथ्यांकमा आधारित रहेर नेपाल व्यापार सूचना पोर्टलले मोटामोटी हिसाबका आधारमा तयार पारेको तथ्यांक हो । भन्सार विभागले पनि २०७८ जेठसम्मको तथ्यांक तयारी अवस्थामा रहेको र असार सम्मको तथ्यांक केही दिनभित्रै तयार हुने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved