मौद्रिक नीतिको लागि नयाँ अर्थसचिव पर्खदै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 10:11:40 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थसचिव परिवर्तन भएसँगै मौद्रिक नीति झनै पर धकेलिने सम्भावना बढेको छ। राष्ट्र बैकले केहि दिन भित्रै मौद्रिक नीति ल्याउने तयारीमा गरेपनि अर्थसचिव परिवर्तन भएसंगै मिति पर धकेलिएको हो। 

अर्थसचिव नेपाल राष्ट्र बैंकको संचालक समितिमा पदेन सदस्य रहने भएकाले नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीको सपथ ले मौद्रिक नीति कहिले ल्याउने भन्ने आधार तय हुने बताईएको छ। 

प्राप्त जानकारीअनुसार मरासिनीले आज सोमबार अर्थमन्त्रालयमा पदभार ग्रहण गर्नेछन् र मंगलबार राष्ट्र बैंकको संचालकको लागि सपथ लिनेछन्। उनको सपथ पश्चात बस्ने राष्ट्र बैंकको संचालक समितिको बैठकले मौद्रिक नीति सार्वजनिक हुने मिति तय गर्नेछ। 

परिस्तिथि नयाँ भएकाले मौद्रिक नीति आउने मिति निर्धारण भईनसकेको राष्ट्र बैंकका प्रवक्ता देब कुमार ढकालले बताएका छन्। उनकाअनुसार राष्ट्र बैंकले आफ्नो काम गरिरहेको छ र तयारी पनि सकेको छ तर केहि प्राविधिक कारणले मौद्रिक नीति सार्वजनिक हुने मिति निर्धारण गरिसकेको छैन।   

सरकार परिवर्तन भएसँगै सरकारका प्राथमिकता पनि परिवर्तन हुने र त्यहि अनुसार बजेट निर्माण हुने भएकाले नयाँ सरकार गठनसंगै मौद्रिक नीति अन्यौलमा थियो। 

यद्दपी नयाँ अर्थमन्त्री जनार्दन शर्माले नयाँ सरकार गठन भएकाले माग पनि नयाँ हुने भएकाले त्यसलाई सम्बोधन गर्नलाई आफुले केहि समय लिएकाले मौद्रिक नीतिमा केहि ढिलाई भएको सार्वजनिक कार्यक्रममा बताएका छन्। 

यद्दपी बजेट पूर्ण रुपमा नयाँ आउछ वा संसोधन भएर आउँछ वा बजेट प्रतिस्थापन बिधेयक पश्चात आउँछ भन्ने कुरा आफ्नो क्षेत्राधिकारको कुरा मात्र नभएकाले अघिल्लो सरकारले ल्याएको बजेट के हुन्छ भन्ने अन्यौल नै रहेको छ। 

नयाँ सरकारको प्राथमिकता पनि नयाँ नै हुने र बजेट पनि नयाँ ढंगले तयार हुने भएकाले मौद्रिक नीति पनि सोहि अनुसार आउने अपेक्षा गरिएको छ।  यद्दपी बजेट संसोधन हुनासाथ मुद्राको आपूर्तिमा पनि फरक पर्ने भएकाले बजेट प्रतिस्थापन बिधेयक आउनु पुर्वनै मौद्रिक नीति ल्याउनुपर्ने राष्ट्र बैंकको बुझाई रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved