पदभार ग्रहणमा अर्थसचिव मरासिनीले भने, ‘जापानको जस्तै विकास मोडल अनुसार काम गर्छु’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 03:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थसचिव मधु कुमार मरासिनीले सोमवार पद बहाली गरेका छन् । महालेखा नियन्त्रकको कार्यालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका सचिव मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरिएको छ । 

मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरे ।

अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनतपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै उनले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिबीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved