३६ वर्षीया रचनाको जिम्मामा बागमतीको ढुकुटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2021 | 01:51:10 PM मा प्रकाशित

laxmi bank

पूराना नेताहरुलाई पछि पार्दै बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा युवा नेतृ रचना खड्काले पाएकी छिन् । यसको औपचारिक रुपमा जानकारी भने आज साँझसम्म आउने छ । तर, खड्का आर्थिक मामिलामन्त्री बन्ने पक्का भईसकेको छ । 

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद विस्तार गर्दै खड्कालाई आर्थिक मामिलामन्त्री बनाउन लागेकी हुन् । बुधबार दिउँसोका लागि सपथको समय तय भएको छ । 

नेकपा एमाले भित्र आन्तरिक विवाद चुलिएका समयमा माधव नेपाल निकट रहेकी रचना पार्टी विभाजनमा माधबलाई साथ दिन नसकेर एमालेमै रहिन् । माधव नेपाल समूहले बनाएको समानान्तर कमिटीमा उनी बागमती प्रदेश कमिटी सचिव पनि बनिन् । तर औपचारिक रुपमा पार्टी विभाजन भएपछि उनी एमालेमै बसेकी हुन् । 

शाक्य नेतृत्वको क्याबिनेटमा उनी सबैभन्दा कान्छी मन्त्री बन्ने छिन् । 

२०४१ साल असार ५ गते जन्मिएकी खड्का २०५५ सालबाट राजनीतिमा प्रवेश गरेकी हुन् । अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेकी खड्का २०५५ सालमा प्रारम्भिक कमिटी उपाध्यक्ष बनिन् । २०५६ सालमा प्रारम्भिक कमिटीको अध्यक्ष र त्यही वर्ष जिल्ला कमिटी सदस्यमा निर्वाचित भइन् ।

२०५७ सालमा जिल्ला सचिव भएकी खड्का २०५९ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष बनिन् । अनेरास्ववियुको १६औं राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्यमा निर्वाचित भएकी उनी १७औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भईन् । १८औं र १९औं सम्मेलनबाट केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै सम्पर्क र प्रचार विभाग प्रमुखको जिम्मेवारी पनि पूरा गरिन् ।

अखिलको २०औं राष्ट्रिय सम्मेलनमा सचिवमा निर्वाचित भएकी रचना एमालेको ९औं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य जितिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved