एमालेको विरोधका बीच राष्ट्रिय सभामा बजेट पेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 02:42:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक पेश भएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए । त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो । दोस्रो बैठकमा पनि एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ । सो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि छलफल हुने छ। 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकले सो विधेयक पारित गरिसकेको छ ।  एमाले सांसदको नाराबाजी चलिरहँदा सो विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिएको थियो । एमाले सांसदको नाराबाजीबीच नै सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रस्तुत गरेका थिए । उनले बहुमतका आधारमा विनियोजन विधेयक पास गरेको घोषणा गरे ।

 राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंछ । त्यसपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ । बजेट पारित हुन नसकेपछि सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved