एमालेको अवरोधबीच राष्ट्रिय सभाबाट बजेट पारित, प्रमाणीकरणपछि सरकारले खर्च गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 02:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेको विरोधका बीच राष्ट्रिय सभा बैठकमा विनियोजन विधयेक अर्थात् बजेट पारित भएको छ ।  बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८  पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

अर्थ मन्त्री जनार्दन शर्माले बजेट पारित गरियो  भन्ने प्रस्ताव पेश गरेका थिए ।  बैठकमा एमालेका सांसदहरूले उठेर अवरोध गरेपनि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले बैठकलाई कार्यसुचीमा प्रवेश गराएका थिए । 

राष्ट्रिय सभाले पारित गरेपछि पुन: यो विधयेक प्रतिनिधिसभामा आउंनेछ । त्यसपछि प्रतिनिधि सभाका सभामुखले विधयेक प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउने छन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र विधयेकले ऐनको रुपमा लिन्छ र सरकारलाई बजेट खर्च गर्ने बाटो खुला हुन्छ ।

बजेट पारित हुन नसकेपछि हाल सरकार खर्च गर्न नसक्ने अवस्थामा पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved