अर्थ मन्त्रालयले भन्यो 'स्यानीटरी प्याडमा कर बढाएको छैन, भन्सार घटाईएको हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2021 | 06:26:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 अर्थ मन्त्रालयले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनि प्रचार गरिएकोमा ध्यानाकर्षण भएको जनाएको छ । वर्तमान सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाइएको हल्लाप्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको हो  ।

स्यानीटरी प्याड आयातमा आ.व. २०६९÷७० अघिदेखि लाग्दै आएको १५ प्रतिशत भन्सार महशुल आर्थिक ऐन २०७८ मा जस्ताको तस्तै कायम राखिएको मन्त्रालयले प्रष्ट पारेको छ । तसर्थ वर्तमान सरकारले महशुल बढाएको भन्ने तथ्यहीन हल्लाहरुको भ्रममा नपर्न सरोकारवाला सबैमा मन्त्रालयले अनुरोध गरेको छ।

बरु स्यानीटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महशुल आधा घटाएर ५ प्रतिशत मात्र कायम गरिएको मन्त्रालयले उल्लेख गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पु¥याउने उद्देश्यले कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।

यसरी ऐनमा स्पष्टसँग लेखिएको कुराको तथ्यपरक अध्ययन नगरी वा जानी जानी गलत र भ्रामक हल्ला फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गर्न खोज्ने तत्वहरुको भ्रममा नपर्न मन्त्रालयले भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved